Logo

‘वर एण्ड बधु’को खराब ओपनिङ, रिलिजको दिन नै शो क्यान्सिल !

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘वर एण्ड बधु’ले कमजोर ओपनिङ गरेको छ । राजधानी तथा मोफसलका हलमा पर्याप्त शोज पाएको फिल्म ओपनिङ डे दर्शकको आकर्षणमा परेन ।

देशैभर फिल्मको अकुपेन्सी दिनभर न्यून रह्यो । रिलिजको पहिलो दिन नै राजधानीकै क्यूएफएक्स चेनमा फिल्मको शो क्यान्सिलसम्म बन्न पुगेको छ । मोफसलमा अधिकांश हलमा यो अवस्था रह्यो । खल्ती एपबाट बिहान ११:४५ को मध्यकालिन शोज चेक गर्दा ११:४३ बजेसम्म एउटा टिकटसम्म बिक्री देखिएन् । अन्य कतिपय शोजमा पनि फिल्म हेर्न एकजना एक दर्शक पनि नगएको देखिन्छ । जसले फिल्मको ओपनिङ बक्सअफिस कमजोर हुने देखिएको छ ।

चर्को मिडियाबाजी र देशभरका प्रमुख शहरहरूमा गएर कलाकारसहित निर्माण टिमले प्रचार गरेको थियो । नव कलाकार विवेक कर्माचार्यसँग अभिनेत्री आँचल शर्माको केमेस्ट्रिलाई लिएर फिल्मको प्रचार सामग्रि सार्वजनिकपछि नै आलोचना भएको थियो । त्यसो त निर्देशक मिलन चाम्स विदेशी भुमीमा फिल्म छायांकन गरेर आँखालाई शितलता दिने निर्देशकमा पर्छन् । तर विदेशको सुन्दर दृश्य मात्रै हेर्न दर्शक हलसम्म आउने क्रम अब सकिएको छ ।

पोखरा र काठमाडौंमा सम्पन्न भव्य प्रिमियरमा भने दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । तर जस्तो कमजोर फिल्मलाई पनि प्रिमियरमा हेर्नेहरूले राम्रो भन्दिन थालेपछि दर्शक पनि बाठा भएका छन् । राम्रो ओपनिङ गर्न असफल कतिपय फिल्म वर्ड अफ माउथ र राम्रो समिक्षापछि दर्शक हल पुगेका उदाहरण पनि छन् । त्यसको लागि भने ‘वर एण्ड बधु’ले केहि दिन पर्खिनै पर्छ । तर चल्तिकी अभिनेत्री आँचल शर्मा र चल्तिका मेकर मिलन चाम्सको फिल्ममा दर्शक आकर्षण नहुनु भने सुखद मान्न सकिन्न ।

तश्विरः ‘वर एण्ड बधु’ फेसबुक पेज

(फिल्मको भिडियो रिभ्यू आइतबार साँझ फिल्मीनेपालको युट्यूवफेसबुक पेजमा प्रशारण हुनेछ ।)

हामीसँग जोडिनुहोस्ः

https://www.youtube.com/@FilmyNepal

https://www.facebook.com/filmynepalnews

Comments