पाँचथरमा ‘जारी’ निर्देशक सुब्बाको ‘मनसरा’ इण्डक्ल्याप
काठमाडौं । डेब्यू फिल्म ‘जारी’को सफलताले उत्साहित निर्देशक उपेन्द्र सुब्बाले दोस्रो फिल्म ‘मनसरा’को छायांकन सकाएका छन् । अभिनेता दयाहाङ राईको सेड्यूअल नमिल्दा तमाबमा रहेका सुब्बाले अमेरिकाबाट फर्केका दयालाई लिएर फिल्मको छायांकन सम्पन्न गरे ।
गत पौष तेस्रो सातादेखि छायांकन थालिएको फिल्मको इण्डक्ल्याप पाँचथरमा गरियो । यो फिल्ममा काठमाडौं र ललितपुरकासमेत दृश्य समावेछ गरिएका छन् ।
आगामी वैशाख ११ लाई प्रदर्शन तोकिएको फिल्ममा दयाहाङको अपोजिटमा मिरूना मगरले अभिनय गरेकी छन् । साथमा प्रवीण खतिवडा, मेनुका प्रधान र हेमन्त बुढाथोकीको समेत अभिनय समावेश छ । दयाहाङ र मिरूनाको जोडीलाई निर्देशक सुब्बाले ‘जारी’मा पनि एक्सन कट गरेका थिए ।
फिल्मको कथा पनि निर्देशक सुब्बाकै हो भने छायांकन शैलेन्द्रध्वज कार्कीको छ । ‘मनसरा’मा निमेश श्रेष्ठको सम्पादन रहने छ ।