Logo

उषा र प्रियानाले बिगारे पुष्प र सुधीरको मन ! |भिडियो

गीतकार डीआर उपाध्यायको शब्दमा तयार भएको ‘स्त्री जातैले’ बोलको गीतको भिडियो रिलिज भएको छ । गीतकार उपाध्यायले वर्ल्ड रेकर्डमा विभिन्न कृतिको माध्यमबाट नाम लेखाइसकेका छन् ।

प्रताप दास र रचना रिमालको स्वरमा समावेश यो गीतमा बाबुल गिरीको संगीत छ । बाबुलले यो गीतलाई डान्सिङ बिटमा तयार पारेका छन् । गीतको भिडियोमा पुष्प खड्का, सुधीर श्रेष्ठ, उषा उप्रेती, प्रियाना आचार्यको डान्स हेर्न सकिन्छ ।

दुई हट सुन्दरीको अगाडि मदिराले मात्तिएका दुई पुरुषले स्त्री जातैले मन विगारेको कुरा गरेको गीतमा सुन्न सकिन्छ । माइकल चन्दले भिडियोलाई आकर्षक बनाएका छन् । भिडियोमा उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन छ ।

 

Loading...
Comments