Logo

अस्मितासँग विनोदले गाए ‘सुन सानो कथा’ |भिडियो

गायक तथा संगीतकार विनोद ढकाल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘सुन सानो कथा’ बोलको सार्वजनिक गीतमा शब्द तथा संगीत बिनोद ढकालको रहेको छ।

भिडियो राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो। भिडियो सार्वजनिक कार्यक्रममा भिडियो निर्माण टिम,अभिनेता आर्यन सिग्देल,मोडल रोजी पन्त लगायत संचारकर्मीको उपस्थिति रहेको थियो। मोडल रोजी पन्तले यस अघि केहि म्युजिक भिडियोमा अभिनय गरि सकेकी छन् भने उनि अभिनित चलचित्र ‘पर्पला’ प्रदर्शनको पर्खाइमा रहेको छ।

एम्सन इन्टरटेन्टमेन्ट र ओएमजी इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिएको भिडियोको निर्देशन जनकदीप पराजुलीले गरेका हुन्। अभिनेता आर्यन सिग्देल र मोडल रोजी पन्त फिचर्ड भिडियोको निर्माता सरस्वती गौतम,सृजना ल्वागुन र भिमराज रसाइली रहेका छन्। अमर रसाइली प्रस्तुतकर्ता रहेको भिडियोमा मायाप्रेममा बिछोडको कथालाई देखाईएको छ। सागर प्रधानले छायाँकन गरेको भिडियोको सम्पादन भरत रेग्मीले गरेका छन्।

Loading...
Comments