Logo

‘चस्मा’मा चक्रसँग कविताको छमछमी |भिडियो

डान्सिङ नम्बर ‘चस्मा’ सार्वजनिक भएको छ । चक्र बमको शब्द तथा संगीत समावेश उक्त गीतमा स्वर अस्मिता अधिकारी र समीर आचार्यले दिएका छन् ।

पश्चिमेली पहाडी भाकाको डान्सिङ नम्बरमा चक्रसँगै मोडल कविता न्यौपानेले कम्मर मर्काएकी छन् । भिडियोमा चक्र र कविताको केमेष्ट्रि गज्जब देखिन्छ । भिडियोलाई आकर्षक बनाइएको छ ।

गम्भीर विष्टको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा छायांकन पवन सुस्लिङको छ भने नविन निरौलाले सम्पादन गरेरका छन् ।

गीत रिलिजसँगै निर्माण पक्षले कमेन्ट बक्समा गएर प्रतिक्रिया जनाउने २ सय दर्शकलाई सयको डाटा रिचार्ज गरिदिने व्यवस्था गरेको छ । यो सुविधा पाउन आफ्नो मोबाइल नम्बरपनि कमेन्टमा छोड्नु पर्ने हुन्छ । विदेशमा भएका दर्शकले नेपालमा रहने आफन्तको नम्बर राख्न सक्ने बताइएको छ ।

Loading...
Comments