Logo

आशिर्वादको स्वरमा अञ्जली फकाउँदै आकाश |भिडियो

अभिनेता आकाश श्रेष्ठ र मोडल अञ्जली अधिकारीको दोस्रो सहकार्य रहेको गीति भिडियो ‘रिसायौ कि’ सार्वजनिक भएको छ । भिडियोमा आकाश र अञ्जलीको प्रेमिल पल देख्न सकिन्छ ।

यो भिडियोलाई सचित खड्काले निर्देशन गरेका हुन् । ‘क्विक्स वाइट्स’ फूड डेलिभरी एपलाई प्रमोशन हुनेगरी तयार गरिएको भिडियोमा निर्देशक खड्काले म्युजिक भिडियोमार्फत पनि कुनै ब्राण्डको प्रचार गर्न सकिने सन्देश छोडेका छन् ।

क्यानडामा रहँदै आएका आशिर्वाद सुवेदीको स्वरमा सार्वजनिक गीतमा संगीत उदयराज पौडेलको छ भने शब्द लेखनमा आशिष वैध, सुरेन्द्र कटवाल र दीपल पौडेलले सहकार्य गरेका छन् । श्याम कुवंरले सम्पादन गरेको भिडियोमा छायांकन ज्ञानेन्द्र शर्माको छ ।

Loading...
Comments