Logo

‘अच्छा लेकिन’मा वर्षा र सुधिरसँगै खबपुको ठूम्का |भिडियो

निल पुनः र मेलिना राईको स्वर समावेश ‘अच्छा लेकिन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘दाईको रेकर्डस्’ नामक युट्यूव च्यानलबाट सार्वजनिक भिडियोको गीतमा शब्द संगीत पनि गायक पुनः को नै छ । एरेञ्जको काम प्रमोद परियारले गरेका छन् ।

गीतकार तथा गायक किरण माईकल घिमिरे कार्यकारी निर्माता रहेको भिडियोलाई चन्द्रप्रसाद गौचन र गीता गौचनले निर्माण गरेका हुन । सुधिर श्रेष्ठ तथा वर्षा राउतको अभिनय रहेको भिडियोमा कमेडियन खबपु तथा मानवी श्रेष्ठलाई समेत देख्न सकिन्छ ।

सुव्रत आचार्यको निर्देशनमा बनेको भिडियोलाई उत्सव दाहालले खिचेका छन भने सम्पादन विकास दाहालले गरेका छन् ।

Loading...
Comments