Logo

दशैंको छेकोमा शान्तिश्री र टिकाको ‘सलल झलल’ |भिडियो

बडा दशैंको पहिलो दिन घटस्थापनाको अबसरमा दशैं र तिहार विशेष भन्दै गीति भिडियो ‘सलल झलल’ सार्वजनिक गरिएको छ । यो गीतमा टिका शिवाकोटी, शान्ति श्री परियार, तिलक बस्नेत र संगीता शिवाकोटीको स्वर रहेको छ। गीतमा तिलक बस्नेतको शब्द तथा संगीत समावेश छ ।

सुरेन्द्र बसेलको निर्देशनमा तयार भएको गीतको भिडियोमा हरिश निरौला, जुना सुन्दास, लक्ष्मी गिरि, कृष्ण शिवाकोटी लगायतका कलाकारको अभिनय छ ।

भिडियोमा विकास नेपालीको कोरियोग्राफी रहेको छ । अर्जुन तिवारीले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

Loading...
Comments