Logo

देवदुतको ‘राजाको हात्ती’मा मुना र मदनको कथा |भिडियो

काठमाडौं । गीतकार बिदुर तिमल्सिना ‘देवदुत’ को पहिलो सांगीतिक कोसेली ‘राजाको हात्ती’ सार्वजनिक भएको छ । देवदुतले आफ्नो पहिलो कोसेली स्वरुप मुनामदनको झल्को दिने गरी ‘राजाको हात्ती’ ल्याएका हुन् ।

मार्मिक शब्दले सजिएको गीतमा दिनेश गौतम र भारतीय गायिका अनु सिंहको स्वर छ । गीतमा श्रीमतीलाई छाडेर श्रीमान प्रवास जानुको पीडा र वाध्यतालाई जस्ताको प्रस्तुत गर्न खोजिएको छ ।

यो गीतमा मदनको भूमिकामा मुकुन भुषाल र मुनाको भूमिकामा श्रृष्ठि खड्काले अभिनय गरेका छन् । यस्तै कलाकार लोकमणी सापकोटा, रचना लामिछाने र शारदा गिरीले साथ दिएका छन् ।

गीतको भिडियोमा उत्सव दाहालको छायांकन छ भने प्रिन्स डेनियल निर्देशक छन् ।

Loading...
Comments