Logo

सन्दीपको ‘मलाइ भुलिदिनु’मा पल र उषा

सन्दीप भट्टराईको शब्द संगीत समावेश म्युजिक भिडियो ‘मलाइ भुलिदिनु’ सार्वजनिक भएको छ । गीतमा निशान भट्टराईको स्वर समावेश छ । भिडियोको निर्माता पनि सन्दीप नै हुन् ।

किरण माइकल घिमिरे कार्यकारी निर्माता रहेको भिडियोमा गीततर्फ एरेञ्जको काम प्रमोद परियारले गरेका छन् । यो भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् ।

उषा उप्रेती र पल शाह फिचर्ड भिडियोमा छायांकन उत्सव दाहालको छ भने सम्पादन विकास दाहालको छ ।

Loading...
Comments