Logo

मेहनती कवीर

फिल्म ‘लम्फू’बाट नेपाली रजतपटमा डेब्यू गरेका अभिनेता हुन् कवीर खड्का । नेपाली रजतपटमा स्थापित अभिनेता बन्ने सोच बनाएर पाइला चालेका कवीर मेहनती कलाकारमा गनिन्छन् । यतिबेला कबिर फिल्म ‘गुन्जन’को रिलिज पर्खाइमा छन् । पछिल्लो समय अक्कलझुक्कल म्युजिक भिडियोमा देखिने कवीरको मेहनत त्यहाँ पनि उस्तै देखिन्छ ।

यसअघि ‘लाजको घुम्टो’ बोलको गीतमा कबिरले गरेको अभिनयले खुब तारिफ पाएको थियो । पछिल्लोपटक पनि कबिर उस्तै जोस र मेहनतका साथ नयाँ भिडियो ‘भन्दैछ मन’मा देखिएका छन् । यो भिडियोमा कवीरले मोडल मिहारिका आचार्यसँग जोडी बाँधेका छन् ।

‘गीतले बोलेको भाव र मर्मलाई भिडियोमा थप सुन्दर बनाएर कथा भन्न सकिन्छ भनेर नै यो भिडियो गरेको हुँ’, कवीरले सुनाए । लामो कदका धनि कवीर सम्वन्धित कथाले मगेअनुसार आफ्नो अभिनयलाई सधैं परिस्कृत र मुर्त बनाउँदै लैजाने बताउँछन् ।

‘भन्दैछ मन’लाई ‘अमेरिका ब्वाइज’ फिल्म निर्देशक प्रवेश पौडेलले एक्सन कट गरेका छन् । ‘बिहे पास’ नामको फिल्म फ्लोरमा जाने समय हुँदैगर्दा त्यसको तयारीमा जुटेका उनले निर्देशन गरेको यो पहिलो म्युजिक भिडियो हो ।

भिडियोमा समावेश गीतमा स्वर प्रसिद्ध चुडालको छ भने शब्द लेखनमा चुडालले विरोध बुर्लाकोटीसँग साझेदारी गरेका छन् । भिडियोमा आलोक सुक्लाको छायांकन छ ।

भिडियो हेर्नुहोसः

Loading...
Comments