Logo

‘लोभीपापी’मा जुरेलीको बोल्ड ठूम्का |भिडियो

फिल्म ‘लोभीपापी’को ‘डार्लिङ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा रिना तिमिल्सिना र ओम सुनारको स्वर तथा ओमकै शब्द, संगीत छ ।

साइराम पिक्चरको युट्युव च्यानलबाट सार्वजनिक गीतमा जयकिशन बस्नेत र अस्मिता जुरेली फिचर्ड छन् ।

रिलिजको तयारीमा रहेको फिल्ममा जयकिशन बस्नेत, रोशन श्रेष्ठ, अस्मिता जुरेली, किरण बानियाँ, टेकेन्द्र न्यौपाने, विशाल पहाडीको अभिनय छ ।

अमन मियाँ र सत्यम अधिकारी निर्माता रहेको फिल्ममा श्री श्रेष्ठको द्वन्द्व, बन्दे प्रसादको सम्पादन र जय दर्लामी मगरको छायांकन छ । फिल्मलाई शिवम अधिकारीले निर्देशन गरेका हुन् ।

Loading...
Comments