Logo

सिक्किम पुगे सौगात र अनुप, भारतिय अभिनेत्रीसँग रोमान्स

भर्सटाइल अभिनेता द्वय सौगात मल्ल र अनुपबिक्रम शाही नेपाली पर्दामा तेश्रो पटक एकसाथ देखिने भएका छन् । सम्पुर्ण छायांकन सिक्किममा हुने फिल्म ‘जार’को लागी दुई अभिनेता यतिबेला छायांकन स्थल पुगिसकेका छन् ।

सन् १८ सयको दशक अन्त्यतिर सिक्किमेली समाजमा घटेको एक यथार्थ घटनामा आधारित रहेर फिल्म बन्न लागेको निर्माण टिमले बताएको छ । सत्यकथामा बोल्ने यो फिल्ममा सौगात र अनुपसँगै गिताञ्जली थापा लिड अभिनयमा रहनेछिन् । भारतिय अभिनेत्री थापाले भारतमा रहेर विभिन्न आधा दर्जनबढि फिल्महरुमा काम गरिसकेकी छिन् ।

फुर्वा छिरिङ लामाले निर्देशन गर्ने यो फिल्मको छायांकन यहि मार्च २५ बाट पश्चिम सिक्किममा सुरु हुनेछ । अर्को बर्षको दशैं, तिहारलाई प्रदर्शन तार्गेट गरिएको फिल्मको छायांकन अवधि २० दिन राखिएको निर्माण टिमले बताएको छ । ‘जार’ इन्द्र बहादुर राईको लेखनमा बन्न लागेको हो । फिल्मको छायांकनदेखि सम्पादनसम्म सबै भारतिय प्राविधिक संलग्न हुनेछन् ।

Loading...
Comments