Logo

सागरसँग रोमान्टिक एलिशा |भिडियो

गायकद्वय नविन कटुवाल र अल्बिन मगरको संयुक्त स्वर सजित गीत ‘एकैछिन हाँसिदेउ’ सार्वजनिक गरिएको छ । डान्सिङ बिटको यस पप गीतमा अल्बिन मगरकै शब्द तथा संगीत छ । भने, अल्मोडा रानाले एरेञ्ज गरेका छन् ।

सुमन सिङ्गधन लामाले निर्देशन गरेको म्युजिक भिडियोमा एलिशा शर्मा र सागर परियारलाई देख्न सकिन्छ । गीतमा दुवै जना मस्ती मूडमा देखिएका छन् ।

गीतको भिडियोमा अतिश जैरोले कोरियोग्राफी गरेका छन् । मगर पुन: म्युजिक प्रालिको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा अनिल के मानन्धरको छायांकन, शिलन लम्सालको सम्पादन तथा रंग संयोजन र दिप्सन परियारको शृंगार रहेको छ ।

-आशिष वलीको सहयोगमा

 

Loading...
Comments