Logo

‘कृष्ण लीला’ गीत रिलिजः श्रद्धासँग पुष्पको छमछमि |भिडियो

फिल्म ‘कृष्ण लीला’को नयाँ गीत रिलिज भएको छ । निर्माण टिमले शुक्रबार उक्त फिल्ममा समावेश ‘डियर बन्न मन छ’ बोलको गीत युट्युव रिलिज गरेको हो । फिल्मले यसअघि नै आगामी चैत्र २७ लाई प्रदर्शन मिति पक्का गरिसकेको छ ।

गीतमा पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर्ड छन् । दुबैले एक अर्कासँग माया साौेको भाव गीतले बोल्छ । साथमा कलाकार रविन्द्र झा, बुद्धि तामाङ र र भावना गुरुङलाई पनि देख्न सकिन्छ । गीतमा स्वर निशान भट्टराई र समिक्षा अधिकारीको छ । कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।

अर्जुन पोखरेलले संगीत भरेको गीतका शब्द नारायण प्रसाद बाँस्कोटाले लेखेका हुन् । पुरुषोत्तम सुवेदीको एरेञ्ज छ । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्ममा अर्जुन जिसीको सम्पादन छ । दिपक वली यो फिल्ममा निर्देशन हुन् भने रोहित कट्टेल र रत्न श्रेष्ठ निर्माता छन् ।

Loading...
Comments