Logo

उपासनाले गरिन् एजुकेसन एण्ड माइग्रेसन कर्नरको नयाँ शाखा उद्घाटन

अभिनेत्री उपासना सिंह ठकुरीले एजुकेसन एण्ड माइग्रेसन कर्नरको नयाँ शाखाको उद्घघाटन गरेकी छन् । ठकुरी यो कन्सल्टेन्सीको ब्राण्ड एम्वेस्टर हुन । काठमाण्डौको नयाँ बानेश्वरमा खुलेको नयाँ शाखाको उपासना सहित मिस सुप्रा नेशनल २०२० र मिस ग्राण्ड नेपाल २०२० निशा पाठकले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा उपासनाले लामो समयदेखी शिक्षा क्षेत्रमा आवद्द एजुकेसन एण्ड माइग्रेसन कर्नर सँग जोडिन पाएकोमा प्रसन्नता व्यक्त गरिन् । ‘यो सस्थाको बिगतको कार्य नयाँ सोच सही लागेर मैले ब्राण्ड एम्बेष्डरको रूपमा काम गर्ने सहमति जनाएको हुँ,‘ उपासनाले भनिन् । संस्थाका प्रमुख सुनिल उप्रेतीले पछील्लो समय युवापुस्तामाझ राम्रो क्रेज बनाउन सफल उपासना सिंह ठकुरीलाई ब्राण्ड एम्वेस्टरको रूपमा छनोट गर्न पाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा मिस ग्राण्ड नेपाल २०१९ निशा पाठक, मिस सुप्रा नेशनल २०२० सिमल कनौजिया र मिस पर्पोज २०१९ विजेता निकिता कर्माचार्यले संस्थाको सफलताको शुभकामना दिए । विधार्थीहरुको सन्तुष्टि नै आफ्नो संस्थाको लक्ष्य भएको कुरा बताउँदै नवराज प्रसाइँ , नितेश उप्रेती र इश्वरराज मैनालीले आगामी दिनमा एजुकेसन एण्ड माइग्रेसन कर्नर झन बृहत र विस्तारित रूपमा अगाडि बढ्ने बताए ।

Loading...
Comments