Logo

पुष्पनको ‘काली’ रिलिजः स्वस्तिमा र नाजिरको उत्कृष्ट प्रस्तुति |भिडियो

पुष्पन प्रधानको स्वरमा मार्मिक प्रेमभाव बोल्ने गीति भिडियो ‘काली’ सार्वजनिक भएको छ । पुष्पनले आइतबार परेको जन्मदिनको अबसर पारेर गीत दर्शक श्रोतामाझ ल्याएका हुन् ।

‘तिम्ले बिर्स्यौ कसरी त्यहि अचम्म लाग्छ’, मनदेखि माया परेको प्रेमीले अर्कैलाई आफ्नो बनाएपछि प्रेमिकाको पीडाभाव गीतमा जोडिएको छ । जहाँ उनलाई सम्झाउन सम्हाल्न जीवनको सच्चा साथी उपस्थित छन् । अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता नाजिर हुसेनले मनछुने अभिनय पस्केका छन् ।

‘नेपाली म्युजिक फिल्म’ ट्याग दिइएको गीतमा शब्द संगीत मात्रै पुष्पनको छैन, भिडियोको कथा, कन्सेप्ट पनि पुष्पनले आफै डिजाइन गरेका छन् । भिडियोलाई हरि हुमागाइँले निर्देशन गरेका हुन् । उत्तम हुमागाइँले छायांकन गरेको भिडियोमा सम्पादन पनि निर्देशक हुमागाइँको नै छ ।

Loading...
Comments