Logo

प्रकाश ओझा र हाउडे मायाको स्वरमा कमेडी फ्लेभरको ‘तेरो बाउ’ ! भिडियो

ओएसआर डिजिटलको निर्माणमा प्रकाश ओझा र सिर्जना खत्री ‘हाउडे माया’ स्वरबद्ध नयाँ गीत सार्वजनिक भएको छ । ‘तेरो बाउ’ शिर्षकको कमेडी फ्लेभरको गीतको भिडियोमा ओझा र सिर्जना दुबै फिचर्ड छन् ।

गीतमा शब्द संगीत पनि ओझाको नै छ । र्‍याप शब्द भने सिर्जनाले लेखेकी हुन् । पाको उमेरमा पुरुषहरु युवतीको जालमा फसेपछि जीन्दगी बर्वाद बनेको कुरालाई ब्याङ्ग्यात्मक रुपमा गीतको भिडियोमा पस्किएको छ । भिडियोलाई बसन्त निरौलाले निर्देशन गरेका छन् । रामशरण जंगमलाई पनि भिडियोमा देख्न सकिन्छ ।

दिव्यराज सुवेदीले छायांकन गरिएको भिडियोमा सम्पादनको काम सुप्रिम पराजुलीले गरेका छन् । ओएसआरकै प्रस्तुतीमा यसअघि ओझाको गीत ‘भन्दे’ रिलिज भएको थियो । गायक ओझा कमेडी फ्लेभरको गायनमा चर्चित मानिन्छन् ।

Loading...
Comments