Logo

exclusive: साउथ इण्डियन फिल्ममा डेब्यू गर्दै स्वस्तिमा

पछिल्लो पुस्ताकी चर्चित तथा डिमाण्डेड अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतिय फिल्ममा डेब्यू गर्ने भएकी छिन् । दक्षिण भारत (साउथ इण्डियन) फिल्म निर्माण कम्पनि ‘एञ्जल मारीया सिनेमाज’को ब्यानरमा निर्माण हुने एक फिल्ममा स्वस्तिमा हालै आवद्ध भएको खबर बाहिरिएको छ ।

एञ्जल मारीया सिनेमाजसँग नेपाली फिल्म निर्माण कम्पनि अनन्या फिल्मस् ले ‘थिरिमाली’ नामको फिल्म निर्माणमा सहकार्य गरेको छ । अनन्या फिल्मका प्रमुख निर्माता सरोज न्यौपानेले हालै अभिनेत्री स्वस्तिमा साउथ फिल्मको लागी पक्का भएको घुमाउरो पाराले स्विकार गरे । फिल्मीनेपाललाई प्राप्त एक तश्विरले भारतिय निर्माण टिमसँग एकसाथ देखिएकी स्वस्तिमा उक्त प्रोजेक्टको हिस्सा बनेको कुरामा थप बल पुर्याउँछ ।

यो फिल्ममा भारतिय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्माको साथमा नेपाली अभिनेता माओत्से गुरुङसहित केहि थियटर कलाकारहरुको समेत अभिनय रहने बताइएको छ । यो विषयमा कुरा गर्दा निर्माता न्यौपानेले भने, ‘हामी फिल्म निर्माणको ‘फर्स्ट फेज’मा छौं, ‘स्वस्तिमा जी सहित अन्य कलाकारहरुसँग समेत कुरा भइरहेको छ, थप तथ्य केहि दिनमा बाहिर ल्याउने छौं ।’ न्यौपानेका अनुसार महंगो बजेटमा निर्माण हुने यो फिल्म नेपाली र हिन्दीसँगै दक्षिण भारतका विभिन्न आधा दर्जनबढि भाषामा तयार हुनेछ ।

विस्वस्त श्रोतका अनुसार नेपालमा ७० प्रतिशत र भारतमा ३० प्रतिशत छायांकन गरिने फिल्ममा अधिकांश प्राविधिक नेपालका नै आवद्ध हुनेछन् । फिल्म ‘थिरीमाली’लाई राजिव सेट्ठीले निर्देशन गर्दैछन् । फिल्म मार्चपछि फ्लोरमा जानेछ ।

भारतिय निर्माण कम्पनिको वेभसाइट र फिल्मको आइएमडिभी अकाउण्टमा भने नेपाली कलाकारहरुको बारेमा अपडेट भइसकेको छैन । यो फिल्मको ‘मोशन पोस्टर’ समेत निर्माण टिमले यसअघि नै सार्वजनिक गरिसकेको छ । उक्त प्रोजेक्टमा सहकार्य गर्न तयार भएको निर्माता न्यौपानेको अनन्या फिल्मस् ले यसअघि नेपालमा ‘सम्बोधन’ र ‘ग्याङ्गस्टर ब्लूज’ फिल्म निर्माण गरिसकेको छ ।

Loading...
Comments