Logo

मेचु र करणराजले के बिगारे ?

गायिका मेचु धिमालको नयाँ गीत ‘मैले के बिगारे’ सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा करणराज कार्कीको संगीत तथा लेखु सहयात्रीको शब्द सुन्न सकिन्छ ।

निकै मार्मिक शब्द समावेश गीतको भिडियोमा पति वियोगको कथालाई देखाइएको छ । भिडियोमा गायिका मेचु आफैँ फिचर भएकी छिन् । भिडियोमा मेचुलाई ज्वाला राईले साथ दिएका छन् ।

मेचुकै कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोमा पिटर गुरुङको छायाङ्कन छ । राज पोखरेलले ड्रोन चलाएको भिडियोमा सम्पादन तथा कलर विष्णुहरि तिमल्सेनाले गरेका हुन् । यसै गीत पुरुष भर्जनमा पनि सार्वजनिक भएको छ । पुरुष भर्जनमा भने संगीतकार कार्की आफैँले स्वर भरेका छन् । मेल भर्सनको भिडियोलाई भने लिरिकल शैलीमा तयार गरिएको छ ।

Loading...
Comments