Logo

एक्सनपूर्ण ‘कर्मा’ ट्रेलर |भिडियो

काठमाडौं । सिनेमा ‘कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा बिहीबार एक कार्यक्रम आयोजना गरेर ‘कर्मा’को ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा सिनेमाका मुख्य कलाकार अटाएका छन् । विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरीलगायत कलाकार अटाएको ट्रेलरमा एक्सनपूर्ण छ ।

सार्वजनिक ट्रेलरमा भ्रष्ट समाजले एक निर्दोष र सिधा युवालाई कुन हदसम्म पुर्याउँछ भन्ने देखाएको छ । आफ्नो उद्देश्य प्राप्तिका लागि हिँडेको युवा कसरी परिवन्धमा परेर गुण्डागर्दी र प्रहरीको कष्टडीसम्म पुग्छ भन्ने ट्रेलरमा समावेश छ । प्रेमसँगै आमाको आशिवार्द र निर्दयी समाजको कथा सिनेमाको ट्रेलरले संकेत गरेको छ ।

विपीनलाई एक्सनमा उतारेका निर्देशक सौरभ चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भन्ने प्रयास गरेका छन् ।

‘कर्मा’मा विपीन, उपासना मुकुन र सरितासँगै दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ । नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदैछ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।
‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ । यो चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।

Comments