Logo

‘जन्ते बाख्रो’ पोस्टर रिलिज, प्रदर्शन मिति घोषणा


काठमाडौं । अभिनेताद्वय सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘जन्ते बाख्रो’को फर्स्ट्लूक सार्वजनिक गरिएको छ । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै सिनेमा आगामी जेठ २३ गतेबाट प्रदर्शनमा आउने जानकारी गराएको छ ।

हिमालको काखमा सेटअप गरिएको पोस्टरमा प्रमुख तीन कलाकार फिचर्ड छन् । उनीहरुको बीचमा चस्मा लगाएको बाख्रोलाई देखाइएको छ, जसले सिनेमाको शीर्षकलाई सम्बोधन गर्छ ।

सिमोस सुनुवारको निर्देशनमा निर्माण यो सिनेमामा सौगात, आशिफ र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय छ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको हो । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् ।

Comments