हरर सस्पेन्स ‘डोरी’ ट्रेलर रिलिजः चैत्र १५ बाट दर्शकमाझ आउने |भिडियो
काठमाडौं। चैत १५ गतेलाई रिलिज मिति तोकेको चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक समारोहकाबीच निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।
समारोहमा चलचित्रका लेखक, निर्देशक तथा प्रमुख कलाकार अरुण लामा, अभिनेत्री अञ्जना बराइली, अभिनेताहरू प्रवीण खतिवडा, शिशिर बाङ्देल, साजन श्रेष्ठ, बिरेन्द्र सिंह कुशवाहा, राज पौडेल, राज थापा, नूतन, शारदा अधिकारी, रामबाबु रेग्मी, सङ्गीतकार तथा गायक राजनराज शिवाकोटी लगायतको उपस्थिति थियो ।
ट्रेलर चलचित्रको शीर्षक वरपर घुमेको छ । जहाँ डोरीलाई शक्ति रहेको स्थितिमा सबैले खोजी गरिरहेको देखाइएको छ । सोही क्रममा आइपर्ने घटनाक्रमहरू र पारिवारिक तथा सामाजिक व्यवधानहरू ट्रेलरमा देख्न सकिन्छ ।
‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । यो चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा छन् ।