‘कर्मा’ टिजरः एक्सन अबतारमा विपिन |भिडियो
काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर सार्वजनिक गरेको हो ।
टिजरमा टक्कर लिने विपीन कार्कीको फुलअन एक्सन देखाइएको छ । ‘कर्माको खेले हो यो सबै, …न कोही जोगियो न कोही जोगिन्छ ।’ यो संवादले दर्शकको ध्यान खिच्न सक्छ । टिजरले चलचित्रको कथा लुकाएको छ ।
टिजरमा विपीनको एक्सनसँगै उनको भावनात्मक पक्ष पनि देखाइएको छ । उनी परिवारकै लागि एक्सनमा उत्रिएको संकेत टिजरमा छ । टिजरमा उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत लगायतलाई देख्न सकिन्छ । सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लागायतको पनि अभिनय रहेको छ ।
‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका हुन् । नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ ।