Logo

सलोन र नम्रता स्टारर रंगी’ को ट्रेलर रिलिज |भिडियो

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको सार्वजनिक ट्रेलरमा बाबु र छोरीको प्रेम, कमेडी र पीडालाई देखाइएको छ ।

सलोनको विवाह अनि छोरीको जन्मबाट सुरुवात ट्रेलरमा छोरी आयुषी ढकालका लागि बाबु सलोन बस्नेतको प्रेम, संघर्ष देखाइएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको ट्रेलरमा ‘डेब्यू’ नायिका नम्रता श्रेष्ठ र आयुषीको मित्रता, सलोन, नम्रता र आयुषीको नोकझोकलाई पनि देखाइएको छ । ट्रेलरका केही दृश्य भावुक लाग्छन् ।

आगामी फागुन २ गते रिलिज हुने फिल्मको ट्रेलर रिलिज पछि फिल्मकी निर्मात्री करिश्मा केसी बस्नेतले फिल्ममा बाबुछोरीमार्फत मायाको परिभाषालाई फरक ढंगले प्रस्तुत गरेको बताइन् । फिल्मका प्रस्तुतकर्ता सलोनले ‘रंगी’लाई संघर्ष र मायाको कथाको रुपमा बुझ्न आग्रह गरे । निर्देशक सुरेश न्यौपानेले ‘रंगी’ फिल्ममात्र नभई एउटा भावनासमेत रहेको दाबी गरे ।

अभिनेत्री नम्रताले फिल्ममा आफूले धेरै दबाब झेलेर काम गर्नु नपरेको जनाइन् । बाल कलाकार आयुषीले ट्रेलरलाई दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको बताइन् । सुरेश न्यौपानेको डेब्यू निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । प्रस्तुतकर्ता सलोनका अनुसार फिल्मले बाबुछोरीको कथा देखाउनेछ ।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

Comments