साइराजको स्वरमा अञ्जना र सुरेन्द्रको प्रेम वियोग |भिडियो
काठमाडौं । गायक साइराज खातीले नयाँ गीत ‘मेटँ भन्छु केरकार पारी’ ल्याएका छन्। गीतकार सुरेन्द्र दियालीको गीतमा उनले स्वर दिएका हुन्।
आफ्नो गायकीबाट युवा पुस्तामाझ लोकप्रियता कमाइरहेका गायक खाती ‘मेरो भ्वाइस युनिभर्स’का फोर्थ रनरअप हुन्। ‘प्रसाद’, ‘पुजार सार्की’ जस्ता चलचित्रमा संगीत गरेका सुबास भुषालले यस गीतलाई संगीत गरेका छन् भने विश्व अधिकारीको एरेन्ज, मिक्सिङ र मास्टरिङ रहेको छ।
देशमा बढ्दो रोजगारीको कारण प्रेम र सम्बन्धहरु क्रमश चिसिँदै यथार्थलाई दृष्य कथा मार्फत् भन्न खोजिएको छ, जसमा अभिनेत्री अन्जना बराइलीको अभिनय रहेको छ। अभिनेत्री बराइलीलाई गीतकार तथा कलाकार सुरेन्द्र दियालीले साथ दिएका छन् ।
विशाल थापाको छायांकन रहेको म्युजिक भिडियोलाई गणेश शाहीले निर्देशन गरेको हुन् ।