‘तेल भिसा’ इण्डक्ल्याप, दोहोरो भुमिकामा देखिँदै विपिन
काठमाडौं । शंकर घिमिरेको निर्देशनमा निर्माण भएको फिल्म ‘तेल भिसा’को छायांकन ३५ दिनमा प्याकअप भएको छ । ७० प्रतिशत छायांकन अमेरिकामा गरिएको यो फिल्मको बाँकी ३० प्रतिशत छायांकन चितवनमा सेट लगाएर गरिएको हो ।
फिल्मको इण्डक्ल्याप कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल समेत उपस्थित भइन् । उनले चितवनको भरतपुरमा फिल्म छायांकन गरेकोमा निर्माण टिमलाई धन्यवाद दिँदै ‘तेल भिसा’लाई सफलताको शुभकामना दिएकी थिइन् । यस्तै, फिल्मले उठाएको विषयवस्तु गहन भएकाले आफु यो फिल्म हेर्न समेत उत्सुक भएको बताइन् ।
यो फिल्मबाट निर्देशक शंकर घिमिरे १२ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् । यसअघि उनले ‘विष’, ‘विरताको चीनो’, ‘ब्रेकफेल’ र ‘तुलसी’ लगायतका फिल्म निर्माण तथा निर्देशन गरेका थिए । यो फिल्ममा अभिनेता विपिन कार्की दुई फरक भुमिकामा देखिएका छन् ।
फिल्ममा विपिनको जवान र बृद्ध गरि दुई फरक अवतार दर्शकले हेर्न पाउने छन् । मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म विपिनका अलवा वर्षा राउत, ऋचा घिमिरे, पुजा लामा र बुद्धि तामाङको मुख्य भुमिका रहेको छ ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको ‘तेल भिसा’मा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत रहँदा विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ ।