४ वर्षपछि लभस्टोरी फिल्म मार्फत निर्देशनमा फर्किँदै न्यौपाने
काठमाडौं । निर्देशक ऋषी न्यौपाने आफुले निर्देशन गर्न लागेको नयाँ फिल्मको संगीत निर्माणमा जुटेका छन् । एकसाथ दुई स्कृप्टमा काम गरिरहेका न्यौपानेले पहिलो प्रोजेक्ट लभस्टोरी जनराको फिल्म बन्ने बताए ।
सोहि प्रोजेक्टको लागि यतिबेला संगीतकार विकास चौधरीले संगीत र गीत निर्माणको कार्यलाई अघि बढाएका छन् । अनटाइटल उक्त लभस्टोरी फिल्ममा दुई वटा गीत समावेश हुने न्यौपानेले जानकारी गराए । संगीतकार चौधरीले यसअघि पनि न्यौपाने निर्देशित थुप्रै फिल्मको लागि गीत बनाइसकेका छन् ।
न्यौपाने निर्देशित पछिल्लो फिल्म ‘बीच बाटो’को प’प्पी देउ’ बोलको गित हिट मानिएको थियो । त्यसैले पनि फेरी एकपटक विकासले आफुले भने जस्तो गीत बनाउने र हिट नम्बर दिनेमा उनि आशावादी छन् । करिब ४ वर्षको अन्तरालमा निर्देशनमा आउँदै गरेका न्यौपानेले आफ्नो अनुभव र चल्तीको परिवेशलाई जोडेर फरक किसिमको लभस्टोरी दर्शकलाई पस्किने बताए ।
उक्त प्रोजेक्टको यतिबेला सांगितिक पक्षको काम अघि बढिरहँदा अन्य ‘कास्ट एण्ड क्रू’को बारे खुलाइएको छैन् । चल्तिका कलाकारहरू नै फिल्मको प्रमुख अभिनयमा रहने न्यौपानेले बताएका छन् ।