Logo

चितवनमा ‘अस्ट्रेलियन दुल्हा’ !


काठमाडौं । ‘अस्ट्रेलियन दुल्हा’ नाममा नेपाली फिल्म बन्ने भएको छ । यो फिल्मको आइतबार चितवनबाट छायांकन समेत सुरू भएको छ ।पूर्वी चितवनको रत्ननगरमा रहेको हरिहर मन्दिरमा पूजा गर्दै फिल्मको शुभ साइत गरियो ।

करिब २५ दिनको छायांकन तालिका रहेको यस फिल्मलाई चितवनका विभिन्न रमणिय स्थानहरूमा खिचिनेछ । नेपालीहरु अस्ट्रेलिया लगायतका देशमा पढाइ तथा रोजगारको शिलशिलामा जाने र उतै सेटल हुने मोहको कथा फिल्मले बोल्नेछ ।

रेहान मियाको लेखन, निर्माण एवंम् निर्देशनमा बन्न लागेको फिल्ममा किशोर खतिवडा, प्रविन आचार्य, अंकिता भुर्तेल, जीसु कोइराला, रेश्मा सुवेदी, लक्ष्मण नेपाल, विमल पौडेल, अन्जन शर्मा, केदार दवाडी स्वेता श्रेष्ठ र बाल कलाकार अक्सा कोइरालाको अभिनय रहनेछ ।

करुणा फिल्मस् तथा म्याङ्गो प्लेजर प्रा.ली.को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा किशोर चौधरी र केदार बरुवाल क्षेत्रीको संगीत, रवी कोइरालाको छायांकन छ । कृष्णराज अर्याल प्रस्तुतकर्ता रहेको फिल्ममा उमेश अधिकारी (आर्य) सह–निर्माता छन् ।

फिल्ममा करण साउदको मुख्य सहायक निर्देशन, राजन मोक्तानको सहायक निर्देशन, देव महर्जनको द्वन्द्व र किशोर चौधरीको नृत्य रहनेछ । मुहुर्तमा राम रिमाल, मिलन लामाले फिल्मको सफलताको कामना व्यक्त गरेका थिए । फिल्मलाई आगामी तिहारमा रिलिज गर्ने लक्ष्य निर्माण टिमले राखेको छ ।

Comments