Logo

शे-फोक्सुन्डोमा ‘द्रौपदी’ इण्डक्ल्याप

‘द्रौपदी’ फिल्मको सुटिङ ४४ दिनमा समापन भएको छ । फागुन अन्तिममा डोल्पाको दुनइ,कालिका मन्दिरमा शुभमुर्हत गरि सुटिङ थालिएको फिल्मको शुक्रबार शे फोक्सुण्डो तालमा ‘इन्ड क्ल्याप’ गरिएको जानकारी निर्देशक ऋषिराज आचार्यले दिएका छन् । अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण गरिएको फिल्ममा अडिसनबाट छनौट गरिएका नवकलाकारहरु प्रमुख भूमिकामा छन् ।

करिच चार बर्ष लगाएर स्क्रिप्ट लेखिएको बताइने ‘द्रौपदी’ मा आश्विनी शाही, गायक रबि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिष्णुसुवास ठडराई ,प्रकाश ज्ञवाली ,सीता बौडेल, सुरज अधिकारी लगायतको अभिनय छ । मोहनकुमार झिल्लुको छायांकन,रबि ओडको संगीत,बिजय आचार्यको कला निर्देशन रहेको फिल्मको निर्मातामा निर्देशक आचार्य स्वयम्,बिष्णुसुवास ठडराई र प्रकाश ज्ञवाली छन् । खेमराज भण्डारी र ऋतु आचार्य सहनिर्माता रहेको फिल्मको सम्पादन अनिल महर्जनले गर्नेछन् ।

नारी प्रदान बिषयमा निकै मिहीनेतका साथ फिल्म निर्माण गरिएको निर्देशक आचार्य बताउँछन् । यसअघि ंमिस्टेक’,‘सपना तिम्रो मेरो’,‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’,‘ड्रिम गर्ल’ र ‘चुरीफुरी’ निर्माण गरिसकेका आचार्य हाल केन्द्रिय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) को सदस्य छन् । आरबि मुभीजको ब्यानरमा निर्माण भएको फिल्मको स्क्रिप्ट उनी स्वयम्ले लेखेका हुन् । मौलिक बिषयबस्तुको फिल्ममा सबै कलाकार फ्रेस तथा फिल्मसम्बन्धी औपचारिक शिक्षा हासिल गरेको अब्बल टिम रहेकाले ‘द्रौपदी’ विशेष बनेकोमा आफू विश्वस्त भएको उनी बताउछन् ।

Comments