Logo

दर्शकमाझ ‘बोक्सीको घर’, सुखद ओपनिङको प्रक्षेपण

काठमाडौं । अभिनेत्री केकी अधिकारीले करियरमै अधिक महत्व दिएको फिल्म ‘बोक्सीको घर’ दर्शकमाझ आएको छ । फिल्मको प्रचार सामग्री रिलिजदेखि प्रिमियरसम्म सबैतिरबाट सुखद प्रतिक्रियासहित तारिफ भेटेको फिल्मले शुक्रबारबाट सार्वजनिक प्रदर्शनी थालेको हो ।

केकी कै निर्माणाम बनेको फिल्मले नेपाली हलहरूमा राम्रो स्थान पाएको छ । राजधानीका मल्टिप्लेक्स चेनहरूमा फिल्मको अग्रिम बुकिङ सुखद देखिएको छ । ‘महाजात्रा’ र ‘डिग्री माइला’ हेर्ने दर्शकको चाप घट्दै जानु र ठुला विदेशी फिल्म हलमा नहुनुको फाइदा फिल्मले उठाउने संकेत गरेको छ । यसैपनि पिल्मले उठाएको कन्टेन्टलाई प्रिमियरसम्मका दर्शकले सकारात्मक रूपमा ग्रहण गरेका छन् ।

सुलक्षण भारतीको निर्देशन रहेको फिल्ममा केकीसँगै सुपला सापकोटा, रमा थपलिया, श्वेच्छा राउत, सुष्मा निरौमा, सविन बाँस्तोला मुख्य अभिनयमा छन् । बद्री अधिकारी निर्माता तथा राज घिमिरे कार्यकारी निर्माता हुन् ।

फिल्मको प्रचारको लागि केकीले कुनै कसूर बाँकी राखेकी थिइनन् । यो फिल्मको ‘बुझिन मैले’ बोलको गीत अत्याधिक चर्चामा छ । उक्त गीतको सफलताले फिल्मलाई राम्रो फाइदा पुग्ने आँकलन गरिएको छ ।

Comments