जनकपुरबाट ‘रावायण’को छायांकन सुरू
काठमाडौं । निर्देशक सुदर्शन थापाको महत्वकांक्षी प्रोजेक्ट फिल्म ‘रावायण’ को जनकपुरको जानकी मन्दिरबाट छायांकन सुरु भएको छ । फिल्मका मुख्य कलाकार पूजा शर्मा , पल शाह, प्रमोद अग्रहरी साथै निर्देशक सुदर्शन लगायतको उपस्थितीमा क्यामेरा पुजा गर्दे फिल्मको छायांकन आजबाट सुरु गरिएको हो ।
सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्मका निर्मातामा सुदर्शन र पूजा हुन् । फिल्म यसै वर्षको भदौ २१ गते तिजको दिनबाट प्रदर्शनमा आउने छ ।
फिल्ममा पल, पूजा र प्रमोद संगै प्रियंका कार्की, निकीता चण्डक, प्रकाश शाह, सुशान्त श्रेष्ठ, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतका कलाकार हरुको अभिनय रहनेछ ।
फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन,भीएफएक्स समिर मिया, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन रहने छ । फिल्मको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिएको हो ।
फिल्म वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफ.डी कम्पनीले गर्ने छ भने डिजिटल पार्टनर को रुपमा ओ.एस.आर डिजीटल रहेको छ ।