Logo

फ्लोरमा `सारंग´

काठमाडौं । बाल मनोविज्ञानमा आधारित फिल्म `सारंग´को आइतबारबाट छायांकन सुरु भएको छ । केही दिन अघि घोषणा गरिएको फिल्मको पूरा छायांकन काठमाडौ आसपासमै समापन गरिनेछ ।

प्रशान्त तामाङको निर्देशनमा ऋचा शर्मा मुख्य भूमिका रहने फिल्मको कान्जिरोवा स्कुल,कोटेश्वरमा क्यामेरा तथा स्कृप्ट पूजा गर्दै सुटिङ थालिएको हो । सुटिङ सेड्यूअल करिब एक महिना रहेको छ ।

कोरियोग्राफरको रुपमा समेत परिचित निर्देशक तामाङकै लेखन रहेको फिल्म बाल मनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाडलको विषयमा प्रस्तुत गरिँदैछ । यसअघि पनि बालमनोविज्ञानको बिषयमा ‘ठूलो मान्छे’ निर्देशन गरेका प्रशान्त फिल्ममार्फत समाजलाई केही सकारात्मक सन्देश प्रवाह गर्ने कोसिसमा रहेको बताउँछ्न् ।

दर्शन बुद्ध फिल्मसको ब्यानर र निर्माणमा रहेको फिल्ममा ऋचाका साथमा उत्पल झा,समीरमणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,निरज ब्ल्याक,दीपीका थापा,सुमन सागर जंग केसीका साथमा बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्की मुख्य भुमिकामा रहनेछन् । `सारंग` बालदिवसको छेकोमा रिलिज गरिने बताएको छ ।

Comments