Logo

‘माउन्टेन ड्यू’को नयाँ प्रचारमा अनुपबिक्रमको खतरनाक स्टण्ट |भिडियो

काठमाडौं । अभिनेता अनुपबिक्रम शाही स्टारर पेय ब्राण्ड ‘माउन्टेन ड्यू’ को नयाँ प्रचार सामग्री सार्वजनिक भएको छ । भारतमा वलिउड अभिनेता ऋतिक रोशन र दक्षिण भारतमा अभिनेता महेशबावुले व्राण्डिङ गरेको यो ब्राण्डको नेपाल प्रवर्धनमा अभिनेता अनुपबिक्रम आवद्ध छन् ।

तीन चर्चीत स्टारलाई एकै प्रकृतिको भिडियोमा देखाइएको छ । जहाँ ऋतिक, अनुप र महेशबावुले खतरनाक स्टण्ट प्रस्तुत गरेका छन् । ‘टोनेडो’ (आँधीतूफान) मा फसेको साथीलाई उद्धार गर्दाको परिस्थितिलाई जोडेर ‘माउन्टेन ड्यू’ले यो पटक साथीहरूबीचको मित्रतालाई बलियो देखाउने प्रयास गरेको छ ।

‘डरका अगाडी जीत छ’ स्लोगन दिँदै आएको ‘माउन्टेन ड्यू’ले आम मानिसहरुलाई सामाजिक दवाबबाट स्वतन्त्र हुन र उनीहरुको डरलाई जित्न प्रेरित गरिएको बताउँदै आएको छ । भिडियो छायांकनको अनुभव सुनाउँदै अभिनेता शाहीले हलिउड निर्देशकसँग सहकार्य गर्न पाउनु आफ्नो लागि खुशीको कुरा रहेको बताए । यो विज्ञापनलाई हलिउड फिल्म निर्देशक डेनियल वेन्मायोरले निर्देशन गरेका हुन् ।

निर्देशक डेनियल वेन्मायोर र अभिनेता अनुपबिक्रम शाही

‘हलिउड र वलिउडको टिमसँग काम गर्दाको अनुभवले आफुले धेरै सिक्न र बुझ्न पाएको शाहीले बताए । ‘माउन्टेन ड्यू’मा काम गर्दा हरेक पटक नयाँ अनुभव रहन्छ, उनिहरूको काम गर्ने शैली नै फरक हुन्छ, शाहीले भने, ‘अघिल्लो पटक वलिउड निर्देशक शिद्धार्थ आनन्दसँग नयाँ सिकाई थियो, यो पटक हलिउड निर्देशकले नयाँ प्रयोग गरेका छन् ।

हलिउड र वलिउडको टिमसँग समान हैसियतमा काम गर्न पाउनु एउटा कलाकार मात्र नभएर समग्र नेपाली कला क्षेत्रको लागि महत्वपूर्ण उपलब्धि रहेको उनको भनाइ छ ।

Comments