दयाहाङ र मिरूना स्टारर ‘घरज्वाइँ’ इण्डक्ल्याप
काठमाडौं । जनक घर्ती मगरको निर्माण रहेको फिल्म ‘घरज्वाँइ’को छायांकन सकिएको छ । गत फागुनको ५ गतेबाट छायांकन सुरु गरिएको यो फिल्मको एक महिना लगाएर छायांकन सकाइएको हो । फिल्ममा अनिल बुढामगरको निर्देशन छ ।
यो फिल्मको सम्पूर्ण छायांकन पूर्वी रुकुमको लुगुम, तक्सेरा लगायतका स्थानमा गरिएको छ । फिल्मको कथा निर्देशक बुढा कै हो । उनलाई कथा लेखनमा सुभाष कोइराला र विनोद खतिवडाले सघाएका छन् । फिल्ममा सुसन प्रजापतिको छायांकन छ। पछिल्लो समय पर्दाको हिट जोडी दयाहाङ राई र मिरूना मगर फिल्ममा प्रमुख अभिनयमा छन् ।
यो फिल्मको प्रदर्शन मिति वर्ष २०८१ को असार २८ गतेलाई तय गरिएको छ । फिल्ममा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, राज थापा, कविता आले, अनु थापा, बिना थापा मगर, खबपु पुन, सोनाम लामा, बिबेश बुढा मगर र सुनिल मगर पनि प्रमुख अभिनयमा छन् ।