फिल्मी फ्राइडेः पर्दामा दयाहाङ भर्सेज दयाहाङ
काठमाडौं । गत बैशाखमा नयाँ वर्षको छेकोमा पर्दामा आफैसँग भिडेका अभिनेता दयाहाङ राई पुनः दुई फिल्मका साथ आमने सामने भएका छन् । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट दुई फिल्म ‘हात्तिछाप’ र ‘दयारानी’ प्रदर्शन हुँदा दुबै फिल्मको शीर्ष भुमिकामा दयाहाङ छन् । नयाँ बर्षमा उनि स्टारर ‘जारी’ र ‘बिहेपास’ एकसाथ प्रदर्शन भएका थिए ।
‘हात्तिछाप’
किरण नेपालीको प्रस्तुतिमा बनेको यो फिल्मलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । सामाजिक कथामा बनेको फिल्ममा दयाहाङसँगै उपासना सिंह ठकुरी,सौगात मल्ल, वेनिशा हमाल, पुष्कर गुरुङ प्रमुख अभिनयमा छन् । फिल्मले सामाजिक कथा बोल्छ ।
‘दयारानी’
अभिनेता माओत्से गुरुङको डेब्यू निर्देशकिय फिल्मले निःसन्तानपनको कथा उठाएको छ । फिल्ममा दयाहाङसँगै दीया पुनः, पुष्कर गुरुङ, विजय बराल प्रमुख अभिनयमा छन् ।
दुबै फिल्मले हलमा समानजसो शोज प्राप्त गरेका छन् । एउटै अभिनेताका दुई फिल्म लाग्दा दर्शक बाँडिदाको असर निर्मातालाई पर्ने निश्चित छ । शुक्रबार र शनिबारको व्यापारले दुबै फिल्मको आयू निर्धारण गर्नेछ ।