फेसियल हाउसको वार्षिकोत्सव, विभिन्न व्यक्तित्वलाई सम्मान र अवार्ड
काठमाडौं । १५ वर्ष पहिले ‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशन’ नारासहित सञ्चालनमा आएको ‘फेसियल हाउस’ले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ । सोमबार राजधानीमा एक कार्यक्रम गर्दै फेसियल हाउसले स्थापना दिवस मनायो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवंम प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, नेकपा एमालेकी नेत्रृ एवम् प्रतिनिधि सभाकी पूर्व सदस्य नवीना लामा र नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ लगायतको उपस्थिति थियो । प्रमुख अतिथि पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली र अन्य अतिथिहरूका साथमा निर्देशक महराले केक काटेर उद्घाटन गरेको कार्यक्रममा निर्देशक महराको जीवनीमा आधारित रहेर तयार पारिएको करिब १३ मिनेट लामो दृश्य चित्र (डकुमेन्ट्री) प्रस्तुत गरिएको थियो ।
डकुमेन्ट्री मार्फत सौन्दर्य क्षेत्रमा प्रवेश गर्न चाहाने नयाँ व्यक्तिहरूलाई केही नयाँ टिप्स र सकारात्मक सन्देश दिने प्रयास गरिएको प्रबन्ध निर्देशक सुष्मा महराले जानकारी दिइन् । विभिन्न किसिमका नृत्य र गायनहरूको प्रस्तुति सहितको कार्यक्रममा मनोरञ्जन प्रदान गर्न गायनतर्फ लोक गायक बद्री पङ्गेनी, खुमन अधिकारी र सृजना कुँवर तथा नृत्यतर्फ टीम इन्टरटेन्टमेन्ट समूहको उपस्थिति थियो । उनीहरूले विभिन्न गीतसङ्गीत र नृत्यमार्फत साँझको माहोललाई तताएका थिए । कार्यक्रममा क्रेजी नोट्स व्याण्डका गीतहरू प्रस्तुत गरिएको थियो ।
फेसियल हाउसको १६औँ वार्षिकोत्सव समारोहमार्फत राज्यमन्त्री सिर्पालीको हातबाट’स्टुडेन्ट र स्टाफ इन्करेज अवार्ड’ का साथै विभिन्न व्यक्तिहरूलाई ‘टोकन अफ लभ’ प्रदान गरियो । जस अनुसार ‘बेष्ट स्किन केयर अवार्ड, २०२३’ बाट जेनी तामाङ, ईश्वरी कुमारी जोशी र पुनम घर्तीमगर सम्मानित भएका छन् । यस्तै, ‘बेष्ट केयर टेकर अवार्ड, २०२३’ बाट कमल ठाकुर, ‘बेष्ट म्यानेजमेन्ट अवार्ड, २०२३’ बाट रक्षा बोहोरा र ‘बेष्ट बिह्याबियर एण्ड भ्यालुज अवार्ड, २०२३’ बाट शोभा थापा मक्राति सम्मानित भएका छन् । यसैगरी, ‘बेष्ट प्रफमर अवार्ड, २०२३’ बाट गरिमा शाही, जीवन चौधरी, मनोज ठाकुर, कञ्चन साउद र अंकिता लामालाई सम्मान गरिएको छ । त्यस्तै, ‘बेष्ट अल राउण्डर प्रफमर अवार्ड, २०२३’ बाट दुर्गा ढुङ्गाना ‘आश्था’, ‘बेष्ट प्रफमेन्स अवार्ड अफ द इयर, २०२३’ बाट प्रमिला खाती, ‘बेष्ट पङ्चुअल टाइम एण्ड म्यानेजमेन्ट अवार्ड, २०२३’ बाट अस्मिता थापा र ‘बेष्ट स्माइल प्रफमेन्स अवार्ड, २०२३’ बाट प्रीती रानालाई सम्मान गरिएको छ ।
यसैगरी, ‘एन एप्रिसिएशन अवार्ड, २०२३ फर दि म्यानेजमेन्ट टीम अफ फेसियल हाउस’ बाट प्रभा थापा, सजुला चौधरी, बिगेन्द्र तामाङ र नमिना श्रेष्ठ सम्मानित भएका छन् । यस्तै, यो वर्षको ‘बेष्ट स्टुडेन्ट अवार्ड अफ द इएयर, २०२३’ बाट अनिता कुमारी साउदलाई सम्मान गरिएको छ ।
फेसियल हाउसले हरेक वर्ष आफ्नो वार्षिकोत्सव समारोहमा उत्कृष्ट विद्यार्थीलाई यो अवार्ड प्रदान गर्ने गरेको छ । महिला तथा पुरुषका लागि नेपालकै नम्बर वान ‘फेसियल हाउस’ को केन्द्रीय कार्यालय सुन्धारास्थित काठमाडौं मलमा अवस्थित छ । फेसियल हाउसका आउटलेटहरू बागदरबारस्थित सीटीसी मल (एकेडेमीसहित), चाबहिलको चुच्चेपाटीस्थित केएल टावर र गणेशथानमा छन् । यस्तै, उपत्यकाबाहिर, पोखराको चिप्लेढुङ्गास्थित पोखरा ट्रेड मल, सुर्खेतको न्यूरोड र कैलालीको धनगढीमा आउटलेट सञ्चालनमा छन् । यस्तै फेसियल हाउसले चितवनमा आफ्नो नयाँ आउटलेट सञ्चालनको तयारीमा रहेको समेत जानकारी गराएको छ ।