चक्रसँग ‘चट्टै राम्री’ कुसुम !
काठमाडौं । समीर आचार्य र गायिका विन्दु पौडेको आवाजमा ‘चट्ट राम्रो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएकी गायिका पौडेल र आचार्यका थुप्रै गीतहरू सार्वजनिक भइसकेका छन् । विन्दुको यसअघि ‘आई लव यू भन्दिउँला प्यारा’ र ‘जता जता मायाको पाइलो’ बोलका गीतहरू सार्वजनिक भइसकेका छन् ।
समीरले पछिल्ला केही समयमा सांगीतिक क्षेत्रमा हाबी हुँदै आएका गायक हुन् । उनले ‘दुनियाँ बेग्लै छ’, ‘हैन भन्देऊ न माया’, ‘पिच रोड’, ‘लभ लेटर’ ‘घाममा सुकाइदेऊ’ झम्के माया जस्ता दर्जनौँ हिट गीत गाएर विदेशबाटै नेपाली सांगीतिक दुनियाँमा परिचय बनाइसकेका छन् ।
सार्वजनिक ‘चट्ट राम्रो’ गीतमा शब्द संगीत र म्युजिक एरेन्जमेन्ट गायक आचार्यकै रहेको छ । गीतका भाका र शब्द पुर्वेली र पश्चेमेली मिसाएर गीतलाई लयबद्ध गरिएको छ ।
यस गीतको भिडियोमा अहिलेका चर्चित गायक तथा मोडेल चक्र बम र चर्चित मोडेल कुसुम शर्माको केमेस्ट्रीलाई देख्न सकिन्छ । यस भिडियोको निर्देशन तथा कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् ।