Logo

चोभारमा क्यानोपी जिपलाईन सञ्चालनमा, वर्षाले गरिन् उद्घाटन

काठमाडौं । अभिनेत्री वर्षा राउतले काठमाण्डौंको चोभार स्थित मन्जुश्री पार्कमा सञ्चालनमा ल्याईएको ‘नेपालको पहिलो क्यानोपी जिप लाईन’को उद्घाटन गरेकी छिन् । शनिबार देखि सञ्चालनमा आएको जिप लाइनको शुभारम्भ गर्न पुगेकव बर्षाले तीन वटा स्टेसन रहेको क्यानोपी जिप लाईनको मज्जा समेत लिइन् ।

दश मिनेट खेल्न समय लाग्ने करिब ४ सय मिटरको क्यानोपीमा पहिलो चरणमा एडभेन्चर, दोस्रोमा डेयर डेभिल्स र तेस्रोमा द फन भन्दै खेलाईन्छ । ‘मैले जिप लाईनको अनुभव पहिले एक पटक गरेको थिए तर रोकी-रोकी फरक फरक स्टेशनमा फरक फरक एडभेन्चर क्यानोपीमा पाउँदा अझै धेरै मज्जा हुने रहेछ’ वर्षाले प्रतिक्रिया दिइन् ।

उनले फिल्मका सुटिङ भईरहने चोभार एरियामा स्थापना भएका कारण यो जिपलाईनले पर्यटक सम्भावना थप बढ्ने विश्वास समेत ब्यक्त गरिन । चार करोड लगानीमा निर्मित क्यानोपी जिप लाईनलाई जे.बी एडभेन्चरले सञ्चालनमा ल्याएको हो । भविष्यमा स्काई वाक र बन्जी जम्म लगायतका प्रोजेक्टको समेत परियोजना तयार गरिसकेको जे.बी.एडभेन्चरले एउटा अनुभव लिनेका लागि ५ सय र तीन वटै क्यानोपी जिपलाईन खेल्नका लागि १२ सय रुपैयाँ टिकट कायम गरेको छ ।

विद्यार्थीलाई र स्थानिय ६ नम्बर वडाका बासिन्दाको हकमा भने २५ प्रतिशत छुट दिईएको जेवी ऐडभेन्चरका निर्देशक हिमाल गुरुङले बताएका छन । उनले प्रविधिका हिसावले पनि जापानिज प्रविधि, एक्सपर्टका हिसावले नेपालकै प्रख्यात विज्ञहरूको सल्लाहबाट सञ्चालनमा ल्याएको र सुरक्षाको हिसाबले पनि नमूना बनाईएको दाबी समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै कीर्तिपुर नगरपालिका ६ का पूर्वअध्यक्ष न्हुछेबहादुर महर्जनले एड्भेन्चरले कीर्तिपुर वडा नम्बर ६ लाई पर्यटकीय हब बनाउन आफूहरुले यो जीपलाईनलाई सञ्चालन गर्न अनुमति दिएको बताए ।

Comments