निर्माता संघको कार्यसमितिमा ‘लाखे’ निर्माता ठकुरी मनोनित
काठमाडौं ।
निर्माता हरि मल्ल ठकुरी नेपाल चलचित्र निर्माता संघको कार्यसमिति सदस्य पदमा मनोनित भएका छन् । ठकुरीलाई संघको गत मंसिर ७ गते बसेको कार्यसमिति बैठकले संघको विधानको विधा २० (क) बमोजिम सदस्य पदमा मनोनीत गरिएको जानकारी संघले दिएको छ ।
ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरको ब्यानरमा गत बर्ष ‘लाखे’ फिल्म निर्माण गरेका ठकुरी अब नयाँ फिल्म बनाउने तयारीमा छन् । युवा,जुझारी अनि नेपाली फिल्मको श्रीवृद्धिमा कटिवद्ध निर्माताको आवश्यकता महसुस गरि उनलाई कार्यसमितिमा स्वागत गरिएको अध्यक्ष नवल खड्काले बताए ।
ठकुरीले आफू हरदम निर्माताको पक्षमा रहेको बताउँदै आगामी दिनमा अझ सशक्त रुपमा नेपाली फिल्मको स्तरोन्नतरी र अन्तराष्ट्रिय बजारिकरणमा लागीरहने प्रतिबद्धता जाहेर गरे । उनी केही दिनमै नयाँ फिल्म निर्माण घोषणा गर्ने तयारीमा छन् । चलचित्र निर्माता संघ नेपाली फिल्म निर्माताहरूको छाता संस्था हो ।