Logo

‘मायाका रंगहरू’ घोषणा, प्रमुख अभिनयमा पल

काठमाडौं । प्रमुख अभिनयमा अभिनेता पल शाह रहनेगरि फिल्म ‘मायाका रंगहरू'(कलर्स अफ लभ)को निर्माण घोषणा गरिएको छ । केवल तामाङको निर्माण तथा डेब्यु निर्देशन रहने फिल्म नेपाली र विभिन्न भारतीय भाषामा तयार हुनेछ ।

नेपाल र भारतका विभिन्न ठाउँमा छायांकन गरिने फिल्म प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ । यो फिल्मको ९० प्रतिशत छायांकन भारतको सिक्किम र बाँकी दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने निर्माण टिमले बताएको छ ।

भद्र भुजेल र राम मेहरा मुख्य सहायक निर्देशक रहने फिल्ममा सौरभ लामाको छायांकन रहनेछ । शेखर ज्ञावालीको कथामा बन्ने फिल्ममा तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत समावेश हुँदा सुष्मा सोनम र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

यो फिल्मको ‘हेड अफ प्रोडक्सन’ तथा लाइन प्रोड्यूसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् । ‘पर्यटन प्रवर्धनको लागि सिनेमा’ भन्ने उदेश्यले निर्माण गरिने यो फिल्ममामा ६० प्रतिशत फिल्मकर्मी भारत र ४० प्रतिशत फिल्मकर्मी नेपालबाट रहने बताइएको छ ।

यो फिल्मले नेपाल र भारतको पर्यटन प्रवर्धनमा टेवा पुग्नुका साथै नेपाल र भारतबीच साँस्कृतिक सम्बन्धलाई मजबुद बनाउन सहयोग पुग्ने विश्वास निर्देशक तामाङले लिएका छन् ।

Comments