Logo

‘मन्दिरा’ निर्माता र निर्देशकको दोस्रो टिमअप, रोमान्स थ्रिलर ‘अभेद्य’ बन्ने

काठमाडौं। निर्देशक दीपेश सापकोटा र निर्माता हरि भट्ट (सूर्यनाथ) ले केही बर्षको अन्तरालपछि पुनः नयाँ फिल्म निर्माणमा सहकार्य गर्दैछन् । नयाँ बर्ष २०२४ को सुरुवातसँगै छायाङकन थालिने उनीहरुको फिल्मको नाम रहेको छ ‘अभेद्य’ । रोमान्स थ्रिलर जनरामा बन्ने फिल्मको कलाकार र प्राबिधिक टुंगो लागीसकेको भएतापनि केही समयपछि मात्रै सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ । ‘अभेद्य’को अर्थ चट्टानी हुन्छ, जसलाई फोड्न र तोड्न सकिँदैन । निर्माण टिमले फिल्मको बाँकी विषयकोबारे प्रष्ट्याएको छैन ।

निर्देशक सापकोटा र निर्माता भट्टले झण्डै ७ बर्षअघि ‘मन्दिरा’ नामक फिल्ममा सहकार्य गरेका थिए । सन् २०१६ मा रिलिज भएको सस्पेन्स थ्रिलर ‘मन्दिरा’ बाट निर्देशक सापकोटाले तारिफ पाएका थिए । एक समय रेडियो कार्यक्रम प्रस्तोताको रुपमा परिचय बनाएका निर्देशक सापकोटाले युवा हुंकार म्यागेजिनको सहसम्पादक हुदै थुप्रै सर्ट फिल्म तथा केही म्युजिक भिडियो निर्देशन गरेका छन् । उनी निर्देशित अर्को फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ कोरोना कालमा प्रदर्शनमा आएको थियो । उनको सर्ट फिल्म ‘मिरर’ ले इन्टरनेशनल हयुमन राइटस् फिल्म फेस्टिभवमा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो ।

निर्माता भट्टले भने यसअघि ‘छोरीको कर्म’,‘सहारा’, ‘मन्दिरा’ र ‘घनचक्कर’ लगायतका फिल्म निर्माण गरिसकेका छन् । हालै प्याराग्लाइडिङसँग सम्बन्धित डकुमेन्ट्री ‘सुवास द एक्रो पाइलट’ निर्माण गरेका भट्ट ‘अभेद्य’ हर कोणबाट उत्कृष्ठ बन्ने दाबी गर्छन् ।
‘हाम्रो ‘अभेद्य’ को सम्पूर्ण तयारी अन्तिमचरणमा पुगेको छ,केही दिनभित्रै कलाकार तथा प्राबिधिक सार्वजनीक गर्नेछौ’, निर्देशक दीपेश भन्छन्,‘यसपालि केही अलि ठूलै,केही अलि विशेष हुदैछ ।’

Comments