दयाहाङसँग पर्दामा फर्किँदै मैयाँ !
काठमाडौं । आठ वर्षअघि ‘कबड्डी कबड्डी’ फिल्ममा सहकार्य गरेको एक चर्चीत जोडीलाई दर्शकले पुनः एकसाथ पर्दामा देख्न पाउने भएका छन् । दयाहाङ राई र रिश्मा गुरुङको जोडी पुनः एकसाथ दर्शकमाझ आउने भएको हो । रोमान्टिक सोसल ड्रामा ‘रिमै’मा यो जोडीलाई दर्शकले देख्न पाउनेछन् ।
यसअघि ‘मन्त्र’ फिल्म निर्देशन गरेका निर्देशक खिलबहादुर गुरुङले यो फिल्मलाई निर्देशन गर्दैछन् । ‘गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालि’को ब्यानरमा बन्ने फिल्ममा उपेन्द्र सुब्बाको पटकथा रहनेछ । गुरुङ समुदायको यथार्थपरक कथावस्तु फिल्मले बोल्नेछ ।
यो फिल्ममा दयाहाङ र रिश्मासहित वीरबल घले प्रमुख अभिनयमा रहने बताइएको छ । चैतदेखि यो फिल्म फ्लोरमा जानेछ । उत्तरी गोरखामा फिल्मको छायांकन गरिनेछ ।
-तश्विरः गूगल