‘परदेशी २’ बाट वर्षालाई राहत !
काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी पछिल्लो समय अनलक्की हिरोइनको ट्याग पाउँदै आएकी थिइन् । उनका पछिल्ला रिलिज फिल्मले सफलताको स्वाद नपाउँदा वर्षालाई स्कृप्ट छनोटको दबाब थियो । तर यो वर्षको दशैंको बहार आएसँगै वर्षाको मुहारमा पनि खुशी आएको छ फिल्म ‘परदेशी २’को सफलताले ।
वर्षाको अभिनय गरेको यो फिल्म वर्ष २०८० को हिट सूचीमा परिसकेको छ । नारायण रायमाझी निर्देशित यो पारिवारिक तथा सामाजिक ड्रामाले दर्शकको मन मात्र जितेन सँगै फिल्ममा कलाकारहरूले निभाएको भुमिकाले पनि चर्चा र तारिफ पायो । फिल्ममा वर्षाले निवार्ह गरेको ‘लुजा’को भुमिका दर्शकले रुचाएका छन् ।
यो फिल्मको सफलताले वर्षालाई एक हदसम्म राहत मिलेको छ । अर्को वर्ष उनले अभिनय गरेको ‘काजी’ रिलिज हुनेछ । यो फिल्ममा उनको जोडी अभिनेता विपिन कार्कीसँग बाँधिएको छ । यो फिल्म पनि वर्षाले आशा बोकेको फिल्म हो । कलाकारको हरेक वर्ष रिलिज हुने सबै फिल्म चल्छन् भन्ने पक्का हुँदैन, तर, कुनै एक फिल्म मात्र बक्सअफिसमा सफल हुँदा उसको करिअरलाई ठूलो फाइदा मिल्छ । लामो समयपछि वर्षालाई ‘परदेशी २’ले यस्तै खुशी दिएको छ ।