कौशलटारमा खुल्यो जूमको १२ औं शाखा, सपुत र केकीबाट उद्घाटन
काठमाडौं । सौन्दर्यको क्षेत्रमा नेपालको स्थापित ब्रान्ड बनिसकेको ‘जूम ब्यूटी एकेडेमी’को कौशलटारस्थित १२ औं शाखाको गायक प्रकाश सपुतले सुभारम्भ गरेका छन् । एकेडेमीकी ब्रान्ड एम्बास्डरअभिनेत्री केकी अधिकारीका साथमा गायक टर्न अभिनेता सपुतले उक्त शाखाको एक कार्यक्रमबीच शनिबार उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि बोल्दै सपुतले जुमले १२ औं शाखा विस्तारसम्म कैयौं महिला दिदीबहिनीलाई तालिम र रोजगारीमार्फत एकेडेमीले सुन्दर र सशक्त बनाउन योगदान पुर्याएको बताए । त्यसैगरीअभिनेत्री अधिकारीले जुमले छोटो अवधिमा ठूलो उपलब्धि हासिल गर्दै १२ औं शाखासम्म पुगेकोमा बधाई दिइन् ।
कार्यक्रममा जूमकी सीईओ एवं संस्थापक जुनु चक्रधरले जूमको प्रत्येक शाखाको स्थापनासँगै यहाँ कम्तीमा पनि १० जना महिलाले रोजगारी पाउने भएकाले यसले गर्दा आफूले समाजप्रतिको दायित्व पनि पुरा गरेको बताइन् । एकेडेमीले आफ्नो १२ औं शाखा विस्तार गरिसक्दा यसले हजारौं विद्यार्थीलाई सक्षम र क्षमतावान बनाएको र कैयौं युवती र महिलालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गरेर महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका निभाएको उनको भनाइ छ ।
जूमले महिला सशक्तिकरणका साथ-साथै उनीहरुले देशभित्रै पाएको रोजगारीले उनीहरुको परिवारलाई पनि सहयोग पुर्याएको र महिलालाई आफ्नै देशमा स्वावलम्बी भएर बाँच्न सिकाएको एकेडेमीका निर्देशक क्रिशप त्वायनाबासुले बताए । जुमले हालसम्म कुपन्डोल, भक्तपुर, महाराजगञ्ज, कलंकी, तीनकुने, बौद्ध, बनेपा, गोंगबु, बालाजु, ग्वार्को, स्वयम्भूमा शाखा सञ्चालन गरिसकेको छ ।