Logo

ओएसआर डिजिटलका सञ्चालक अग्रवाल हाजिरी जमानीमा रिहा

काठमाडौं । फिल्म ‘प्रसाद २’को आर्थिक विवादमा पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओमप्रसाद अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन् । गत शुक्रबार पक्राउ परेका अग्रवाललाई प्रहरीले आइतबार साँझ बोलाएको समयमा उपस्थित हुने सर्तमा जमानीमा चोडेको हो ।

अग्रवाललाई प्रहरीले उनका वकिलको जमानीमा छोडेको हो । फिल्मका निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले दिएको आपराधिक विश्वासघातको उजुरीको आधारमा उनी पक्राउ परेका थिए । आइतबार उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतले उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । तर, हिरासतबाहिर बस्दा प्रमाण लुकाउने वा नष्ट गर्ने सम्भावना नदेखिएपछि उनलाई प्रहरीले रिहा गरेको हो ।

सोहि कसूरमा निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पनि आपराधिक विश्वासघात बिरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

Comments