रामबाबुको ‘डिग्री माइला : एमए थर्ड क्लास’ शुभ-मुहूर्त
रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ मुहूर्त गरिएको छ । शनिबार भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो ।
मुहूर्त समारोहमा निर्देशक गुरुङसहित सिनेमाका मुख्य कलाकारहरु दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङलगायत उपस्थित थिए । फिल्मको छायांकन यहि असोज ५ गतेबाट ओखलढुङ्गास्थित रुम्जाटारबाट सुरू हुनेछ । दोस्रो चरणको छायांकन आगामी मंसिरमा काठमाडौं र ओखलढुङ्गामा हुनेछ ।
बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको निराशामा आधारित हुनेछ ।
आगामी वर्ष २०८१ को नयाँ वर्षलाई यो फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ ।