सरकारबाट ‘एक भागवत र एक गीता’लाई बीना सेन्सर प्रदर्शन अनुमति
काठमाडौं । हिन्दुवादी धार्मिक संस्थाहरूले फिल्मप्रति चौतर्फी बिरोध जनाएपछि हालै विवाद साम्य भएर परिवर्तित नाममा प्रदर्शनको लागि तयार फिल्म ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) ले सेन्सर बोर्डबाट भने सिधाबाटोमा प्रदर्शन अनुमति पाएको छ । मंगलबार सेन्सर बोर्डका पदाधिकारीले फिल्म हेरेपछि कुनै काँटछाँट बीना फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरेका छन् ।
सेन्सर बोर्डले फिल्ममा समावेश कुनै दृश्य र संवादमा कैंची नचलाएको निर्माता सुनिलकुमार थापाले बताएका छन् । सरन्सरमा फिल्म हेर्नेहरूले नेपाली संस्कृतिको पक्षमा फिल्म बनेको भन्दै तारिफ गरेको निर्माता थापाले बताए । फिल्मको शीर्षक धआर्मिक लागेपनि स्कृप्टमा भने धार्मिक संस्थाहरूको विरोध थिएन ।
झरना थापाको निर्देशनमा बनेको फिल्ममा विपिन कार्की, सुहाना थापा, धिरज मगर, कविर खड्का प्रमुख अभिनयमा छन् । यो फिल्म यहि भदट २९ बाट दर्शकमाझ आउँदैछ ।