Logo

तीज गीतबाट गौरी मल्लको गायनमा कमब्याक

काठमाडौँ।
गायिकाको परिचयलाई पुनः जीवित पार्दै अभिनेत्री गौरी मल्लले तीज विशेष गीत सार्वजनिक गरेकी छन् । मंगलवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘धिन ताका नाका धिन’ बोलको गीतको अडियो भिडियो सार्वजनिक गरिएको हो ।

बाल्यकालदेखि गायनमा सौखिन मल्लले वर्षौँ पहिले दर्जनबढि गीत गाएकी थिइन् । उनले चलचित्र ‘भाई’मा नायिका मेलिना मानन्धरको लागि पार्श्व गायन समेत गरेकी थिइन् । यद्यपि उनले आफ्नो गायन करियर भन्दा अभिनय करियरलाई नै अगाडी बढाएकी थिइन् । सार्वजनिक तीज गीतमा शब्द, सङ्गीत र स्वर दिँदै उनी गायनमा फर्किएकी छन् । उनले आफ्नै नामबाट यूट्युब च्यानल समेत शुभारम्भ गरेकी छन् ।

यस गीतको भिडियोमा गौरी आफैले अभिनय गरेकी छन् । गौरीसँगै अभिनेत्री मिथिला शर्माले पनि यसमा अभिनय गरेकी छन् । साथमा समाईरा श्रेष्ठ, तेन्जु योन्जन, निलम पौडेल, सिम्रन शेरचन लगायतको अभिनय रहेको छ । भिडियोलाई सन्तोष राजबाहकले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । अञ्जु पोखरेल दाहाल म्यूजिक भिडियोकी निर्माता हुन् भने सुवास दाहालले निर्माण संयोजन गरेका छन् । उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ ।

Comments