‘नाङ्गो गाउँ’ ट्रेलरः समाज सुधार्न राजनीतिमा दयाहाङ |भिडियो
भदौको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ । राजनीतिक परिवेशलाई प्राथमिकता दिईएको ट्रेलरमा समाज सुधारक भर्सेज दुषित राजनीति केन्द्रीत छ ।
क्लक वर्क क्रियशनको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । फिल्मको लेखन तथा निर्देशन दीपेन्द्र लामाले गरेका हुन् ।
फिल्मको ट्रेलरमा शिक्षण पेशाबाट समाज सुधार्न राजनीतिमा प्रवेश गरेका दयाहाङ राई र राजनीतिलाई व्यवसाय बनाउँदै आएका शिशिर वाङ्देल विचको राजनीतिक लडाई देखाइएको छ । यो फिल्ममा आलोक शुक्लाको छायांकन छ भने वनिष शाहको सम्पादन, एस डी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।
फिल्ममा फिल्ममा दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, निमा पाण्डे, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय समावेश छ ।